अब नेपालमा बस्ने भारतीय नागरिकले  र भारतमा बस्ने नेपालीले क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका छन्।  शुक्रबार नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले जारी गरेको एकीकृत परिपत्र २०८० मा संशोधन गर्दै नेपालमा कार्यरत भारतीयले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खातामा भुक्तानी स्वीचका माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थाकाे खातामा सटहीकाे सुविधा पाउने व्यवस्था गरेकाे हाे ।

राष्ट्र बैंकका अनुसार नेपालमा कार्यरत भारतीयले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ (ई–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्विक रेस्पाेन्स काेड मार्फत ‘नेसनल पेमेन्ट स्वीच’ का माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा रकम जम्मा गर्न सकिनेछ ।

नेपालमा कार्यरत भारतीय नागरिकले प्रतिदिन १५ हजार भारतीय रुपैयाँ (भारु) र प्रतिमहिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिक बापत सटही सुविधा बैंकहरूले प्रदान गर्न सक्ने भएका हुन् ।

यस्तै नेपालीले पनि विद्युतिय माध्यमबाट भरतीय बैंकको क्यिुआर कोर्डमा भुक्तानी गर्न सक्ने व्यस्था गरिने नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

यसैगरी, परिवर्त्य विदेशी मुद्राको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आबद्ध क्यूआर कोड मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट विदेशमा भुक्तानी हुन सक्ने गरी प्रदान गर्न सकिनेछ।-merolagani