अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर काठमाडौंमा आइपुगेकी छन्। दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री अख्तर सोमबार काठमाडौं आइपुगेकी हुन्।

उनी नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्रीको हुन्।

आफ्नो भ्रमणका क्रममा अख्तरले नेपाली सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।

त्यसक्रममा उनले संयुक्त राज्य अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास र नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने छलफल गर्न अमेरिकी दूतावासले जनाएको छ।