आज पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरो र पाउन्डको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर ३ गते सोमबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ७४ पैसा कायम भएको छ । शनिबारदेखि डलर यहि भाउमा कारोबार हुँदै आएको छ ।
यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ०४ पैसा रहेको छ । आइतबार १ युरोको बिक्रीदर १४३ रुपैयाँ १५ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ५१ पैसा रहेको थियो ।
बेलायती पाउन्ड १ को बिक्रीदर १७० रुपैयाँ ८० पैसा खरिददर १७० रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आइतबार बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा खरिददर १७० रुपैयाँ ८७ पैसा रहेको थियो । जापानिज येनको बिक्रीदर ८ रुपैयाँ ७७ पैसा र खरिददर ८ रुपैयाँ ७३ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ०५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।