नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा बन्ने सरकारमा अर्थमन्त्री विष्णु पौडेल हुने सम्भावना बढेको छ।सो सहमतिसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावना बढेको हो।
सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ। नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो।
मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ।
अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि पनि लगानीकर्ता उत्साहित भएका छन्।