नवलपरासी-१ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका छन् । अर्बपति चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पाँच हजार ६४० मतान्तरले जितेका हुन्। चौधरीले २३ हजार ८६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् ।
यसैगरी तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ३४१ मत प्राप्त गरेका छन् ।प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले अग्रता लिएका थिए। ग्रामिण क्षेत्रमा ठकुरीले अग्रता लिएपनि नगरपालीकामा प्रवेश गर्नासाथ ठकुरी पछि परेका हुन्।