राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताएका छन् । आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका हुन् ।

गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता-कार्यकर्तालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले आफूलाई निरन्तर खेद्ने र लखेट्ने कोसिस भइरहेको बताएका छन्।

आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सभापति लामिछानेले कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए । ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले भने, ‘तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’

सभापति लामिछानेले सहकारी ठगी प्रकरणमा आफू संलग्न नरहेको भनी छानबिन समितिले प्रतिवेदन दिए पनि सरकारले ‘ट्रायल’ गर्न खोजेको आरोप लगाए।

यसबीच चीन भ्रमणमा रहेका रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहितकाे टाेली पार्टी सभापतिमाथि षड्यन्त्र हुने लक्षण देखिएकाले आकस्मिक रूपमा फर्किदै छ