नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डासुन्दरप्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकबाट दुवैलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरिएको थियो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा गएराति आयोजित एक समारोहमा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले हुँदै राष्ट्र, जनता र सङ्गठनलाई पु¥याएको योगदान र राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा प्रदर्शित कार्यसम्पादनको स्तरको आधारमा पदोन्नति भएको चर्चा गरे।
प्रहरी महानिरीक्षक कुँवरले देश र जनताको सेवामा अनवरत रूपमा लागेका नेपाल प्रहरीलाई भरोसायोग्य र विश्वासयोग्य संस्थाका रूपमा आम नागरिकको नजरमा उच्च बनाउन व्यावसायिक प्रहरी अधिकृतका रूपमा जिम्मेवारी पूरा गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए।