आइतबारको बजार फराकिलो अंकले घटेको छ । २७ सयको वरपर कारोबार भइरहेको बजार आज एकाएक ठूलो अंकले घटेको हो । बजार ५१.११ विन्दुले घटेर २७०२.६५ अंकमा झरेको छ ।
पछिल्लो समय बजारले हरेक विन्दुलाई परिक्षण गर्दै बढ्न सुरु गरेको थियाे । बजारले २६ सयबाट २७ सयको विन्दु तर्फ उन्मुख हुँदै गर्दा यस्तै समय लगाएको थियो ।
यद्यपि मंगलबारको बजारमा देखिएको गिरावट भने बजारमा नियमित भन्दा फरक रहेको लगानीकर्ताको बुझाई छ । बजारले गति समाउँदै गर्दा दुर्गा प्रसाईसँग जोडिएका विषयलगायतका गतिबिधिले बजार प्रभावित हुन पुगेकाे कतिपयकाे भनाइ छ । प्रसाईका कारण बजार दबावमा परेको हुन सक्ने अनुमान लगानीकर्ताले गरेका छन् ।
बजार बढ्ने आधारभूत कारणहरु प्रशस्तै रहेका छन् । नेपाल राष्ट्र बैंकको तीन महिनाको तथ्यांक हेर्दा बजारमा शेयर बजारमा जाने कर्जामा निरन्तरको वृद्धि भएको छ । ब्याजदर घटिरहेकै छ । शेयर कर्जाको ब्याजदर एकल अंकमा झरेको छ । सानाे तिनाे करेक्सन आएपनि बजार बढ्ने कारणहरु प्रयाप्त रहेकाले बजार बढ्नेमा लगानीकर्ता विश्वस्त छन् ।