एलन मस्क पुनः विश्वको सर्वाधिक धनी व्यक्ति बनेको छ । ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार सोमबार उनको सम्पत्ती ६.७४ बिलियन डलर बढेर २१० बिलियन डलर पुगे सँगै उनी पुनः विश्वको सर्वाधिक धनी व्यक्ति बनेको हो।

एलन मस्कको नेतृत्वमा पछिल्लो ६ वर्षसम्म टेस्ला अगाडि बढ्यो, जसका लागि मस्कको ४४ अर्ब डलरको तलब प्याकेजलाई कम्पनीका शेयरधनीहरुले मञ्जुरी दिएका छन्। यही कारण सोमबार टेस्लाको शेयरमा वृद्धि देखिएको थियो।

यसको असरले ईभी कम्पनीको सिईओ एक पटक पुनः विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा शीर्ष स्थानमा पुगेका छन्। मस्क पहिलो स्थानमा पुगेसँगै जेफ बेजोस एक पटक पुनः दोस्रो स्थानमा झरेका छन्। यी दुई बीचको सम्पत्तीको फरक अब ३ बिलियन डलर पुगेको छ। इण्डेक्स अनुसार सोमबार बेजोसको सम्पत्त ि२०७ बिलियन डलर छ।

मस्क यस अघि गत बिहीबार पनि विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो स्थानमा पुगेका थिए।

मस्कको नेटवर्थ वृद्धिको कारण टेस्लाको शेयरमा देखिएको बृद्धि हो। सोमबार टेस्लाको शेयर ५.३० प्रतिशत बढेर १८७.४४ डलर पुगेको छ। कारोबार अवधिमा कम्पनीको शेयर १८८.८१ डलरसम्म पुगेको थियो। यद्यपि, टेस्लाको शेयरमूल्य आफ्नो ५२ हप्ताको उच्च मूल्यभन्दा ११२ डलर तल छ। विदेशी मिडिया रिपोर्टका अनुसार टेस्लाको शेयरमा देखिएको वृद्धि मस्कको ४४ अर्ब डलरको तलब प्याकेजले पाएको स्वीकृती रहेको छ।