नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ। काठमाडाैंबाट रसुवाको स्याफ्रुबेसी उडेकाे हेलिकप्टर दुर्घटना भएकाे छ । बुधबार दिउँसाे एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर दुर्घटना भएको हाे ।
उक्त हेलिकप्टर दिउँसाे १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो ।तर नुवाकोटको सूर्यचौर पुगेयता हेलिकप्टर सम्पर्कमा थिएन। तर शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।
शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा हेलिकप्टर दुर्घटनामा परेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।
सो क्षेत्रबाट हेलिकप्टर दुर्घटनामा परेर आगो आगेको देखिएपछि अहिले त्यहाँ जान लागेको उनले बताए।
‘दुर्घटना भएको खबरपछि अहिले हामी त्यता जाँदैछौँ,’ उनले भने।
घटनाबारे थप विवरण आइसकेको छैन।