यो सातापनि सुनको मूल्यमा रेकर्ड माथि रेकर्ड कायम भएको छ । साताको पहिलो दिन, आइतबार रेकर्ड कायम भएको सुनको मूल्यमा दोस्रो दिन सोमबार फेरि ऐतिहासिक रेकर्ड कायम भएको थियाे ।
नेपाली बजारमा यो साता सुनको मूल्यमा रेकर्ड माथि रेकर्ड कायम भयो। आइतबार उच्च रेकर्ड राख्दै सुन प्रतिताेला एक लाख ५६ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य सोमबार फेरि अर्को उच्च ऐतिहासिक रेकर्ड राख्दै एक लाख ५७ हजार ३०० रूपैयाँकाे उच्चस्तरमा पुग्याे ।
तर, त्यसपछि भने सुनकाे मूल्य घटेर ताेलाकाे एक लाख ५६ हजार ७०० रूपैयाँमा झरेकाे थियाे । साेहि क्रममा बुधबार पनि सुन सस्तिएर प्रतिताेला एक लाख ५६ हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे । त्यसैगरी, सुनकाे मूल्य लगातार तेस्राे दिन पनि गिरावट भयाे । बिहीबार सुन प्रतिताेला एक लाख ५५ हजार ६०० रूपैयाँमा खरिदबिक्री भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
तर शुक्रबार भने सुनकाे मूल्यमा पुनः बृद्धि देखियाे । साताको अन्तिम दिन, सुन प्रतिताेला एक लाख ५७ हजार १०० रूपैयाँ कायम भयो । यो मूल्य साताको पहिलो दिनको तुलनामा प्रतिताेला ३०० रूपैयाँले बढी हो।
यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि वृद्धि भएकाे छ । आइतवार चाँदी प्रतिताेला एक हजार ९०० रूपैयाँमा ताेकिएकाे थियाे । साेमबार भने चाँदीकाे भाउ उकालाे लागेर ताेलाकाे एक हजार ९१५ रूपैयाँमा किनबेच भएकाे थियाे । तर त्यसपछि भने चाँदी निरन्तर रूपमा गिरावट भयाे । मंगलबार चाँदी सस्तिदा प्रतिताेला एक हजार ९०५ रूपैयाँमा, बुधबार एक हजार ८९० रूपैयाँ र बिहीबार एक हजार ८८० रूपैयाँमा झरेकाे थियाे ।
यद्धपी साताको पछिल्लो कारोवार भएको दिन, शुक्रवार भने बढेर एक हजार ९१५ रुपैयाँमा कारोबार भयो । यसरी, साताभरमा चाँदी १५ रूपैयाँले महंगिएकाे हाे ।