गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । इन्स्योरेन्सले मंसिर ७ गते सार्वसाधारणलाई शेयर बिक्री गर्ने अनुमति प्राप्त गरेको हो ।
इन्स्योरेन्सले कुल पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न अनुमति प्राप्त गरेको हो ।
कम्पनीले आईपीओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्यका लागि शेयर बिक्री प्रवन्धकमा कुमारी क्यापिटलाई नियुक्त गरेको छ ।