घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेड (GCIL) ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयरको प्रस्ताव सहित साधारण सभा बोलाएको छ।

कम्पनीले पुस २८ गते दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कामय चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सो बोनस शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजवना गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत शेयरधनीहरु वा सञ्चचालक सबद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।