चितवन–२ को उपनिर्वाचनको लागि नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारमा मनोनयन दर्ता  गरेका छन् ।

एमाले पोलिटव्युरो सदस्य गोकुल बास्कोटाको नेतृत्वमा चितवनका शीर्ष नेता, कार्यकर्ता र समर्थकको भीडसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंसिर ४ मा चितवन–२ बाट निर्वाचित भएका थिए नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । चितवन–२ मा यसअघि रास्वपा सभापति लामिछाने र कांग्रेसबाट पूर्वसभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराइसकेका छन् ।