सर्वोच्च अदालतले पूर्वउपप्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश दिएको छ ।सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो। उनीहरुलाई थुनामै पठाउने उच्च र जिल्ला अदालतको आदेश सर्वोच्च अदालतले पनि सदर गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले पूर्वउपप्रधानमन्त्री रायमाझी, मुख्य बिचौलिया केशवप्रसाद दुलाल, सन्देश शर्मा र सानु भण्डारीसहित ७ जनालाई भने थुनामुक्त गर्न अस्वीकार गरेको छ।
त्यस्तै सर्वोच्चले हज समितिका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ। उनले उच्च अदालतले लिएको १० लाख धरौटी बदर गर्न माग गरेका थिए।
पूर्व सभासद् आङटावा शेर्पासँग धरौटी माग गर्ने आदेश दिएको छ । शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। इजलासले पूर्वउपप्रधानमन्त्री रायमाझी, मुख्य बिचौलिया केशवप्रसाद दुलाल, सन्देश शर्मा र सानु भण्डारीसहित ७ जनालाई भने थुनामुक्त गर्न अस्वीकार गरेको छ।
आदेशमा भनिएको छ, ‘प्रतिवादीहरु टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्माको हकमा हेर्दा निजहरु उपर ठगीको कसुरबाट उठान भएको विभिन्न कसुरमा सजाय पाऊँ भन्ने अभियोग पत्र माग दाबी रहेकोमा प्रतिवादीहरु उपर किटानी जाहेरी रहेको, निजहरु एक अर्कालाई पोल गरी गरेको बयान बेहोरा, पीडितहरुको घटना विवरण कागज समेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणको आधारमा निजहरुलाई मुद्दा पुर्पक्षको लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्ने गरी उच्च अदालत पाटनबाट मिति २०८० मंसिर १५ मा भएको आदेश बेरीतको नदेखिँदा परिवर्तन गरिरहन परेन।’
यस्तो छ आदेश