प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई शुक्रबार अपरान्ह भरतपुर विमानस्थलमा स्वागत गर्दै कृषिमन्त्री ज्वालाकुमारी शाह । तस्बिरः कृष्ण आचार्य/रासस

शनिबार (असार १५) को धान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला चितवन आएका छन । शुक्रबार साँझ नै प्रधानमन्त्री दाहाल चितवन आइपुगेका हुन । धान रोप्न चितवनआएका प्रधानमन्त्रीलाई पत्रकारले ‘किसानले भोगिरहेको मल अभाव’को प्रश्न सोधे । जसको जवाफमा प्रधानमन्त्री दाहालले गत वर्ष मलको अभाव नभएको दाबी गर्दै यस वर्ष पनि नहुने बताए।

‘पोहोर साल मलको अभाव कहीँ पनि भएको होइन्। भएकोलाई त भएको भन्दिनुपर्‍यो नि,’ उनले भने,‘अहिले पनि मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइदैन्।’