धितोपत्र बोर्डका नव नियुक्त अध्यक्षले आजै पदभार ग्रहण गर्ने भएका छन्। नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आजै पदभार ग्रहण गर्न लागेको बताएका छन्।

तर यो समाचार तयार पर्दासम्म भने उनले अर्थ मन्त्रालयबाट नियुक्ति पत्र भने लिई सकेको छैनन्। “सम्भवतः आजै पदभार ग्रहण गर्ने तयारी छ। तर अहिलेसम्म नियुक्ति पत्र भने लिई सकेको अवस्था छैन,” नव नियुक्त अध्यक्षले मेरो भने। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति नेपाल सरकारले गर्ने गर्छ। नियुक्त भएका व्यक्तिलाई अर्थ मन्त्रालयले नै नियुक्ति पत्र दिन्छ। नियुक्ति पत्र सँगै शपथ ग्रहण गर्नु पर्ने हुन्छ। जुन काम अर्थमन्त्रीले गर्ने गर्छन्। अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेपछि नव नियुक्त अध्यक्ष बोर्ड जाने छन्। आज शपथ ग्रहण भए आजैदेखि श्रेष्ठले पदभार ग्रहण गर्ने छन्।

नवनियुक्त अध्यक्षलाई नयाँ स्टक एक्स्चेञ्ज संचालन गर्न प्रस्ताव पेश गरेका व्यवसायीक घरानाहरुको साथ रहेको चर्चा रहेको छ । अब श्रेष्ठले सरकारी स्टक एक्स्चेञ्ज नेपाल स्टक एक्स्जेञ्जको अर्को प्रतिस्पर्दी एक्स्चेञ्ज  हिमालयन स्टक एक्सचेञ्जको लाइसेन्स ल्याउन सहयोग पूग्ने छ ।

बोर्ड अध्यक्ष नियुक्ति र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा ठूलो धनरासी लेनदेन भएको भनेर प्रतिनिधिसभामा नै बहस समेत भएको विषय हो । नव नियुक्त अध्यक्षले अब यी चर्चालाई तिर्ने काम गर्न छन् कि बजारमा चर्चा चलेको जस्तै यी व्यापारी घरानाको लागी काम गर्छन त्यो भने उनका आगामी कामले देखाउने छ ।