नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेश प्रदेशमा सुमित्रा सुवेदी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मियालाई प्रदेश प्रमुख नियुक्ति सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई आज प्रदेश प्रमुखमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि विगतमा नियुक्त भएका कांग्रेस निकट प्रदेश प्रमुख हटाएर एमाले निकटका व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।