सुनचाँदीको भाउ निरन्तर दोश्रो दिन पनि महंगिएको छ । मंसिर २७ गते, शुक्रबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार १०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार पनि सुनको भाउ बढोत्तरी भएको थियो । हिजो सुन तोलामा नै २ हजार ८०० रुपैयाँले महंगिएर प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि उकालो लागेको छ । यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४७० रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबार दिन, चाँदी तोलामा ५५ रुपैयाँले वृद्धि हुँदा प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।