निर्माण व्यवसायी संघ चितवनको चितवनको ३० औँ साधारण सभा एवं १६ औँ अधिवेशन सुरु सुरु भएको छ । दुई दिन सम्म चल्ने साधारणसभाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गरेको थियो ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आातिथ्यतामा सुरु भएको निर्माण व्यवसायी संघ चितवनको ३० औँ साधारण सभा एवं १६ औँ अधिवेशनमा बोल्दै अध्यक्ष सिंहले नेताहरुले आफू कमाउने र आफ्ना सन्तान र इष्टमित्रका लागि कमाइदिने उद्देश्य लिएर राजनीति गरिरहेको बताए ।
उनले नेताहरु चुनावमा भएको खर्च उठाउन र आगामी निर्वाचनका लागि तयारी गर्न गैरजिम्मेवार रुपले कमाउन लागेका कारण अर्थतन्त्रमा समस्या सिर्जना भएको बताए । अध्यक्ष सिंहले निर्माण व्यवसायीहरु पनि कमाइ नहुने रेटमा काम गरेर गैरजिम्मेवार भएको बताए ।
‘निर्माण व्यवसायीहरु आफ्नो क्षमताभन्दा बढी निर्माणको कामहरु जिम्मा लिएर र काम नै गर्न नसक्ने निर्माण कम्पनीहरुलाई ज्वाइनभेन्चर दिएर गैरजिम्मेवार रुपमा प्रश्तुत भएको स्वीकार गर्दै , उनले भने – ‘अहिले हामीले निर्माण उद्योगलाई कसरी अगाडी बढाउने, निर्माण उद्योगीहरुलाई कसरी बढी क्षमतावान बनाउने कुरामा भन्दापनि सरकारले गरेको गलत निर्णयहरु, कर्मचारीले गरेको गलत निर्णयहरुमा नै समय खर्चिनुपरेको अवस्था छ ।”