यतिबेला नेपाल टेलिकमको सेवा प्रभावित बनेकाे छ । नेपाल टेलिकमको प्राय सबै सेवामा समस्या देखिएको हाे ।

साेमबार बेलुकीदेखि अहिले टेलिकमकाे मोबाइल र ल्यान्डलाइन टेलिफोनबाट फाेन नलागेकाे उपभाेक्ताले गुनासाे गरेका छन् । यसैगरी, एसमएम नजाने र मोबाइल डेटा सेवा समेत प्रभावित बनेकाे छ । फाेन, एसएमएस तथा इन्टरनेटमा साढे ४ बजेपछि १५ मिनेट समस्या देखिएकाे हाे।

कल कन्ट्रोल सिस्टमको हार्डवेयरमा समस्या देखिएकाे भन्दै टेलिकमकाे सेवा प्रभावित बनेकाे थियाे ।यद्धपी अहिले समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याइसकेकाे टेलिकमकाे भनाइ छ ।