KUALA LUMPUR,MALAYSIA - AUGUST 31: Images from the match between Malaysia and Nepal during the 2023 ICC Women’s T20 Asia Qualifier at Bayuemas Oval, Selangor, Malaysia on 31st August 2023. Photo by Peter Lim/ICC

आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपाल समूह उपविजेता बनेको हो। वर्षाको कारण टस समेत हुन नसकेपछि नेपाल र युएईले अंक बाँडेका हुन्।५ खेलबाट समान ९ अंक भएपनि नेपाल नेट रनरेटमा पछि पर्दा समूह उपविजेता बनेको हो।

सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेतासँग शुक्रबार खेल्नेछ। समूह ‘बी’ का थाइल्याण्ड र हङकङ बीचको खेलको विजेतासँग नेपालले अब सेमिफाइनलमा खेल्नेछ।नेपालले फाइनलमा स्थान बनाउन सके ग्लोबल टि २० विश्वकप छनोटमा स्थान पक्का गर्नेछ।
समूह चरणमा नेपालले मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गरेको थियो।nkhabar