शेयर बजारमा तेस्रो सर्किट ब्रेक लागेको छ। दोस्रो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ६ प्रतिशत बढेपछि नेप्सेमा पुनः तेस्रो सर्किट ब्रेक लागेको हो।

कारोबार खुलेको पहिलो ३ मिनेटमानै नेप्से सूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। सो पश्चात बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो भने १ मिनेटभन्दा कम अवधिमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किट पश्चात पनि १ मिनेटभन्दा कम अवधिमानै नेप्से ६ प्रतिशतले बढेपछि सोमबारको लागि शेयर कारोबार बन्द भएको हो।

नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। आइतबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो।