पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई)का नेता शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय हुने भएकाे छ । मंगलबार रावलपिंडीको विशेष अदालतका न्यायाधीशले अदियाला जेलमा खानलाई साइफर मुद्दामा १० वर्षकाे कैदकाे फैसला सुनाएका हुन् ।न्यायाधीश अबुल हसनत जुल्करनैनले इमरान र कुरैशीको उपस्थितिमा नै यो फैसला सुनाएका हुन्।
गत वर्षदेखि अदियाला कारागारमा मुद्दाको सुनुवाइ चलिरहेको थियाे । सुनुवाइको क्रममा न्यायाधीश जुल्कारनैनले पीटीआई नेताहरूलाई आफ्ना वकिलहरू अदालतमा उपस्थित नभएको र उनीहरूलाई सरकारी वकिलहरू दिइएको बताए।
अदालतले कुरैशी र इमरानलाई धारा ३४२ अन्तर्गतका प्रश्नहरू सोधेकाे थियो। यद्धपी, कुरैशीले आफ्नो वकिल उपस्थित नभएकाले आफ्नो बयान रेकर्ड गर्न नसकेको बताए । पाकिस्तानमा फेब्रुअरी ८मा निर्वाचन हुँदैछ । यस्तो अवस्थामा करिब एक साताअघि लिइएको यो निर्णय इमरानको राजनीतिक करियरका लागि खतरनाक हुनसक्छ ।