पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवन भ्रमणमा आएका छन्। पूर्व राजा शाह पूर्वरानी कोमल शाह लगायत परिवारका सदस्यसहित चितवन आएका हुन्। उनी बुद्ध एयर मार्फत भरतपुर आइपुग्दा विमानस्थल बाहिर स्वागत गर्न भेला भएका शुभेच्छुकहरुले राजा आउँ देश बचाउँ सम्मका नारा लगाएका थिए ।

चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन आएको हो। पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। पूर्व राजा शाह आफैँले गाडी चलाएर विमानस्थलबाट बाहिरिएका हुन् । उनी आज पटिहानीको होटल सोल्टीमा बस्ने बताइएको छ।

पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा यो साता चितवनको भ्रमणका लागि आज दिउँसो भरतपुर आएको हो । पूर्वराज परिवार बुद्ध एयर मार्फत भरतपुर आइपुग्दा विमानस्थल बाहिर थुप्रै संख्यामा शुभेच्छुकहरु स्वागत गर्न भेला भएका थिए ।

पूर्वराज परिवार ११ दिन चितवन बस्ने कार्यक्रम रहेको जनाइएको छ ।