लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको मंगलबार निधन भएको छ। सिरहा गोलबजार नगरपालिका–६ खरहीटोल निवासी यादव २०७६ साल कार्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो।पुराना कम्युनिष्ट नेता यादवको ८० वर्षको उमेरमा निवासमै निधन भएको हो।
यादव पछिल्लो समयमा पक्षघातले च्यापेपछि ओछ्यान पर्नुभएको थियो।नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा सिरहा–३ का सङ्घीय सांसद लिलानाथ श्रेष्ठका अनुसार उहाँको निवासमै निधन भएको हो।यादवको भोलि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
स्थायी शिक्षक रहेका उनले राजीनामा दिएर नेकपा एमालेबाट ०४८ र ५१ को मध्यावधि चुनाव लडे पनि पराजित भएका थिए ।
इमानदार नेताको छवि बनाएको उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ मा लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
उहाँ २०१६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएर अविछिन्न रूपमा पार्टीको काम गर्दै आउनु भएको थियो।पेसाले शिक्षक यादव २०४६ सालपछि शिक्षक पेसा छाडेर राजनीतिमा लाग्नुभएको हो।२०४८ र २०५१ मा तत्कालीन सिरहा–३ बाट प्रतिनिधि सभाकाका लागि नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएको थियो।
राजनीतिमा लागेर आफ्नो सम्पत्ति र जागिरसमेत गुमाउनु भएका यादवको अन्तिम संस्कार सुखीपुर नगरपालिका –६ खरहीटोलमा हुने नेकपा एमाले सिरहाले जनाएको छ।२०३७ सालमा उहाँ तीन महिना जेल समेत पर्नुभएको थियो।