संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

बिहान ११ बजे बैठक सुरु हुने संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सांसद प्रेम सुवाले संघीय निजामती विधेयक २०८०लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक २०८० प्रस्तुत गर्ने र आव २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ गर्ने कार्यसूचीसमेत रहेको संसद सचिवालयले जनाएको छ।