प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सत्तारुढ दलहरुको बैठक बस्दैछ।

अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी प्रधानमन्त्रीले सत्तारुढ दलको बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।

बैठकमा सरकारको एकसय दिनको कामकाे समीक्षा, विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र, सरकारले ल्याउन लागेको अध्याधेश, सरकारको आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने सम्भावना छ।