महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने भएको छ ।
‘लक इन’ अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । महिलको २०७७ साल फागुन १४ गते सेयर बाँडफाँट भएको थियो ।
हाल महिलाको ६ लाख कित्ता संस्थापक सेयर र ५ हजार कर्मचारीहरुको सेयर ‘लक इन’ रहेको छ । यता, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ११ मा भएको व्यवस्थाअनुसार संस्थापक सेयरधनीको पुस ३० गते नै ‘लक इन’ समाप्त भइसकेको कम्पनीले जनाएको छ ।
फागुन १३ गतेपछि यी सेयर दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ । तथापि, कम्पनीको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिद बिक्री गर्न नपाउन कम्पनीले जनाएको छ । यसको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ ।