Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

बाजुरामा शुक्रबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर बिहान ३ बजेर ५३ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो।  

‘यो सानो खालको भूकम्प हो’, उनले भने, ‘यसको धक्का आसपास मात्रै महसुस हुन्छ।’

यति सानो भूकम्प आफूहरूले खासै भन्ने पनि नगरेको उनले बताए।