भरतपुरको प्रदर्शनी केन्द्रमा पहिलोपटक हुन लागेको ‘काडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले आयोजना गर्न लागेको ‘पर्व मेला २०८१’ अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा हुन लागेको ‘काडा अटो शो २०८१’ को तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

‘काडा अटो शो २०८१’ असोज १६ देखी १९ गते सम्म सन्चालन हुने छ ।

नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरि आयोजना गरिएको अटो शो मा २० भन्दा बढी ब्राण्डका गाडी प्रर्दशनीमा राखिने चितवन अटोमोबाइल डिलर्स एशोसियसनका अध्यक्ष राजन पियाले जानकारी दिए ।  पत्रकार भेट्घाट कार्यक्रमा बोल्दै अध्यक्ष  पियाले, मेलामा गाडी तथा मोटरसाइकलहरु प्रदर्शनीमा राखिने बताए। प्रर्दशनी कक्षभित्र २१ वटा स्टलमा करिब ८० प्रतिशत बिधुतिय सवारीसाधनहरु रहने तथा करिब ३० करोडको कारोबार हुने लक्ष्य राखिएको उनले बताए। जस्मा कार, जिप, मोटरसाइकल र स्कुटरको स्टल रहनेछन् । अटो शो मा जिप र माइक्रोको समेत पाँच वटा स्टल प्रर्दशनी हल बाहिर चौरमा रहनेछन् ।

बिहान ९ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मेलामा ५० हजार बढिले अबलोकन गर्ने अनुमान गरिएको छ । गाडी किन्ने ग्राहकहरुलाई आर्कषक स्कीम तथा छुटको व्यवस्था समेत गरिएको आयोजकले बताएको छ । बडादशैंको अवसरमा सवारीसाधन खरिद गर्ने प्रचलनलाई सहयोग पु¥याउन ‘काडा अटो शो’ आयोजना गरिएको चितवन अटोमोबाइल डिलर्स एशोसियसनका अध्यक्ष राजन पियाले बताए ।