भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले आज (मंगलबार) पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदी किनारमा भव्य समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ ।
‘घुमाैं भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ।
करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ । महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् ।
यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरु गठन गरी कार्य विभाजनसहितको जिम्मेवारी प्रदान गरिएको छ । भ्रमण वर्षको तयारीका सन्र्दभमा विभिन्न राजनीतिक, दल, बुद्धिजिवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटकपटक छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रर्वधक नेपाल पर्यटन बोर्ड रहेको छ ।
महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताउनुभयो ।
भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा राखिएको उपप्रमुख अधिकारीले बताउनुभयो ।
भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न पनि भ्रमण वर्ष कोशेढुंगा सावित हुने अपेक्षा गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । भ्रमण वर्षमा आउने पाहुनाहरुलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्र होटलहरुमा ७ हजार ५ सय बेड र सौराहादेखि गैंडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिनुभयो । भ्रमण वर्षमा आउने पाहुनाहरुलाई लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा यसअघि नै घोषणा गरेका छन्। भ्रमण वर्ष भरी सञ्चालन गरिने विविध गतिविधिहरुले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि लिइएको छ । भ्रमण वर्षको उद्घाटन समारोहलाई सफल बनाउन घरघरबाट सहभागी हुन चितवनवासीलाई भरतपुर महानगरपालिकाले अनुरोध गरेको छ ।
यस्तो हुनेछ भ्रमण वर्षको उद्घाटन समारोह :
भ्रमण वर्ष सफल पार्न मूल समितिसहित २९ उपसमिति क्रियाशील :
कोरोना महामारीबाट सिर्जित आर्थिक मन्दीले थिलोथिलो भएको पर्यटन व्यवसायलाई माथि उकास्ने र भरतपुरलाई देश विदेशमा परिचित गराउने उद्देश्यले सुरु गर्न लागिएको भरतपुर भ्रमण वर्ष सफल बनाउन मेयर रेनु दाहालको संयोजकत्वमा २ हजार ४ सय जना सम्मिलित मूल समिति आयोजक समिति र २९ उपसमिति गठन गरिएको र मूल समिति तथा उपसमितिहरु परिचालन गरिएको छ ।
महानगरका उपप्रमुख तथा कार्यसम्पादन समितिका संयोजक चित्रसेन अधिकारीका अनुसार वडा अध्यक्षहरुको नेतृत्वमा हरेक वडाहरुबाट साँस्कृतिक झाँकीसहितको ¥याली आउने व्यवस्था मिलाइएको छ । उद्घाटन समारोहलाई भव्यताका साथ सफल पार्न महानगरका २९वटै वडाबाट आउने ¥यालीलाई व्यवस्थित गर्न गर्नका लागि दुई सय जना स्वयंसेवक परिचालन हुने अधिकारीले जानकारी दिनुभयो । महानगरबाट चुनिएका सय जना युवा र रेडक्रसका एक सय युवाहरूलाई संयोजकको रुपमा परिचालन गर्ने निर्णय गरिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो ।
सुरक्षाको उचित प्रबन्ध :
हरेक वडाबाट आउने ¥यालीको व्यवस्थापन र सुरक्षाको लागि तीनै तहको सुरक्षा निकायलाई खटाइने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार जनपद प्रहरी, ट्राफिक र सशस्त्र प्रहरी परिचालन गरिनेछ भने सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाली सेनाको समेत साथ रहनेछ ।
२९ वटै वडाका साँस्कृतिक झाँकी :
उद्घाटन स्थलमा भरतपुर महानगरका २९वटै वडाबाट विभिन्न साँस्कृतिक झाँकीसहित ¥याली आउने उनले बताइन् । विभिन्न वडाबाट साँस्कृतिक झाँकीसहित आउने ¥यालीलाई व्यवस्थापन गर्न ¥याली रोकिने र प्रस्थान गर्ने स्थान समेत तय गरिएको छ । समारोहमा विभिन्न समुदाय, जनजाति र संस्कृतिको पहिचान झल्किने गरी व्यवस्थापन मिलाइएको महानगरले जनाएको छ ।
पूर्वाधार र विकासमा तीव्र गतिमा अघि बढेको भरतपुरलाई विश्वसामु चिनाउन पर्यटकहरुलाई पर्यटकीय गन्तव्यहरुमा पु¥याउन लागिएको नगरप्रमुख दाहालको भनाइ छ । देशका ७ सय ५३ वटै पालिकाहरुमा निमन्त्रणा पठाइएको छ, चितवनको छवटै पालिकाका मूल समिति र सल्लाहकार समितिमा राखिएको छ ।
पश्चिम चितवनबाट आएको ¥यालीलाई हाकिमचोक र त्रिचोक, वडा नं. १०, ११ र १२ वडाको ¥यालीलाई गेष्टहाउस चौर, वडा नं. १, २ र २९ वडाको क्याम्पाचौरमा जम्मा हुने व्यवस्था मिलाइएको छ । पूर्वनिर्धारित स्थानमा जम्मा भएको झाँकीसहितको ¥यालीलाई चौबीसकोठी, क्याम्पाचौर, लायन्सचोक हुँदै उद्घाटन स्थलसम्म जाने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।
पर्यटकीय स्थलहरुको निर्धारण :
भ्रमण वर्षमा आउने पर्यटकहरुको भरतपुर बसाइँलाई लम्बाउनका लागि महानगरले २१ वटा पर्यटकीय स्थलहरु, विभिन्न तालहरु तथा धार्मिक क्षेत्रहरुमा सन् २०२४ भरिनै घुम्नसक्ने व्यवस्था मिलाइएको भ्रमण वर्ष निर्देशन समितिकी संयोजक समेत रहेकी नगरप्रमुख दाहालले जानकारी दिइन् । यहाँ आउने पर्यटकको बसाइँ लामो बनाउन भरतपुरसँगै अन्य पालिकाहरुमा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारलाई समेत तीव्र पारिएको छ । यो भ्रमण वर्ष महानगरले सञ्चालन गर्न लागेको भए पनि यो समग्र चितवनको भ्रमण वर्ष भएको मेयर दाहालले बनाइन् ।
प्राथमिक स्वास्थ्योपचारको व्यवस्था :
उद्घाटन स्थल वरिपरि कम्तीमा चार ठाउँमा प्राथमिक उपचार शिविर सञ्चालन गरिनेछ भने प्राथमिक उपचारसँगै एम्बुलेन्सको समेत व्यवस्था गरिनेछ । यहँस्थित भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेज र महानगरपालिकाको स्वास्थ्य महाशाखाको सहकार्यमा प्राथमिक उपचार शिविर सञ्चालन गरिनेछ । त्यस्तै भरतपुर महानगरले ‘घुमौँ भरतपुर’को सँदेश दिन भरतपुर विमानस्थलसहित विभिन्न स्थानमा होर्र्डिङ्गबोर्ड राख्ने काम गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाका अनुसार होर्डिङ्गबोर्डमा भरतपुरका प्रमुख पर्यटकीय गन्तव्य र घुमौँ भरतपुरको सन्देश दिइएको छ ।
भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्रीले गर्ने :
भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम तय भइसकेको छ । भव्य समारोहबीच प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजे समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्रीबाट हुने जानकारीसहित देशका ७५३वटै पालिकामा निमन्त्रणा पठाइएको छ । भरतपुर महानगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन चितवनस्थित धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि निजी क्षेत्रसँगको सहकार्यमा भरतपुर भ्रमण वर्ष २०२४ मनाउन लागिएको हो ।