सर्भरमा भाइरस पसेपछि प्रभावित भएको राहदानी विभागको सेवा आजदेखि सञ्चालनमा आएको छ । मङ्गलबार एक सूचना जारी गर्दै राहदानी विभागले सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको हो ।
सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाएको बताइएको छ।
यसैगरी जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवाविस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले मंगलबारदेखि परीक्षण शुरु गरिने सूचनामा उल्लेख छ। यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन शुरु गरिएको सूचनामा उल्लेख छ।
‘सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्य गरिरहेको छ’, विभागद्वारा जारी सूचनामा उल्लेख छ ।