भारतमा पेट्राेल र डिजेलकाे मूल्य घटेकाे छ । शुक्रबार प्रतिलिटर २ रूपैयाँले पेट्राेल र डिजेलकाे मूल्य घटाइएकाे हाे ।

पेट्रोलियम कम्पनीहरूले हिजो प्रतिलिटर २ रुपैयाँ (भारतीय रूपैयाँ) ले मूल्य घटाएको घोषणा गरेका थिए । याे दर शुक्रबार बिहानदेखि लागु गरिएकाे छ । भारतमा पेट्राेल र डिजेलकाे मूल्य घटेपछि नेपालमा पनि घट्न सक्ने आंकलन गरिएकाे छ ।

अहिले दिल्लीमा पेट्रोल प्रतिलिटर ९४.७२ भारू पर्दछ जुन यसअघि ९६.७२ भारू पर्ने गरेकाे थियाे । डिजेल भने ८७. ६२ भारू पर्ने भएकाे छ। पहिला डिजेल ८९.६२ भारूमा पाइने गरेकाे थियाे ।

यसैगरी, भोपालमा पेट्रोलको मूल्य १०६ रुपैयाँ ४७ पैसा र डिजेलको मूल्य ९१ रूपैयाँ ८४ पैसा प्रतिलिटर छ । जयपुरमा पेट्रोल प्रतिलिटर १०४ रूपैयाँ ८८ पैसामा उपलब्ध छ भने डिजेल प्रतिलिटर ९० रूपैयाँ ३६ पैसामा उपलब्ध छ । राजस्थान सरकारले पनि हिजो पेट्रोल र डिजेलमा २५ भ्याट घटाएको थियो जसका कारण पेट्रोल प्रतिलिटर ३.६० रुपैयाँ र डिजेल प्रतिलिटर ३.३६ भारतीय रुपैयाँले सस्तो भएको छ ।

सन् २०२२ को मे महिनामा पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँले घटेको थियो

यसअघि सन् २०२२ मा पेट्रोल र डिजेलको मूल्य घटाइएको थियो । २०२२ मे २१ मा भारतमा पेट्रोल प्रतिलिटर ८ भारू र डिजेलमा प्रतिलिटर ६ भारतीय रुपैयाँ अन्तःशुल्क घटाउने घोषणा गरेको थियो । नयाँ मूल्य मे २२ देखि लागू गरिएको थियाे। तर, अहिले घटेको मूल्यलाई आयल मार्केटिङ कम्पनीहरूले घटाएका छन् । यी कम्पनीहरूले हरेक दिन बिहान ६ बजे मूल्य परिमार्जन गर्छन्।

भारतमा पेट्रोल र डिजेलको मूल्य कसरी निर्धारण गरिन्छ ?

२०१०काे जूनसम्म भारत सरकारले पेट्रोलको मूल्य निर्धारण गर्दथ्यो र हरेक १५ दिनमा परिवर्तन हुने गरेको थियो । २०१०काे जून २६ पछि भने भारतीय सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने जिम्मेवारी आयल कम्पनीहरूलाई दिएकाे थियाे। त्यस्तै, २०१४ असोजसम्म डिजेलको मूल्य पनि सरकारले तोकेको थियो । अक्टोबर १९ अक्टाेबरदेखि सरकारले यो काम पनि आयल कम्पनीहरूलाई हस्तान्तरण गरेको थियो।-merolagani