प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा आधा घन्टा भेट भएको छ ।
भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् ।
भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरु सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए ।
भेटमा भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् ।
भेटपछि परराष्ट्र मन्त्री आरजु राणा देउवा एकदमै साैहार्द वातावरणमा कुराकानी भएकाे र भारतीय प्रधानमन्त्री मोदीजीले चाँडै नेपाल आउँछु भनेकाे जानकारी दिइन ।