गृह मन्त्रालयले फागुन १ गते,भाेलि सार्वजनिक बिदा नरहेको स्पष्ट पारेकाे छ । साेमबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले मंगलबार सार्वजनिक विदा नरहेकाे जानकारी दिएकाे हाे ।यसअघि जनयुद्ध दिवसमा सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन्।

उक्त विज्ञप्तीमा ,‘‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ।’

सरकारी क्यालेन्डरमा जनयुद्ध दिवसको बिदा उल्लेख गरेपनि सर्वोच्च अदालतले जनयुद्ध दिवसका नाममा बिदा नदिन अन्तरिम आदेश दिएको थियो।सर्वोच्चले गत पुस १३ गते अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो।

422083552_695593982746243_1472856383056429915_n-1707721484.jpg