काठमाडौंबाट महोत्तरीका लागि छुटेको बस दुर्घटनामा घाइते भएकाहरुको पहिचान खुलेको छ।

बुधबार (आज) बिहान ४ बजेतिरको समयमा मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित समिडाँडामा सडकबाट करिब १० मिटर तल खस्दा घाइते भएकाहरुको पहिचान खुलेको हो। प्रदेश २–०३–००१ ख ३६२९ नम्बरकोे आज बिहान आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल दाहिने साईडमा पल्टी दुर्घटना भएको थियो।

दुर्घटनामा ३५ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार घाइतेहुनेहरूमा बसका सहचालक महोत्तरी जलेश्वर नगरपालिका–२ बस्ने २० वर्षका असख साझी (टाउकोमा चोट), महोत्तरी मटियानि नगरपालिका–७ बस्ने २४ वर्षको हरिशंकर प्रसाद मण्डल (हातमा चोट), महोत्तरीकै जलेश्वर नगरपालिका–९ बस्ने वर्ष २४ को राज कुमार साह (टाउको र हातगोडामा चोट), सोही स्थानका २८ वर्षका अनु राय (टाउको र हातमा चोट), उनको श्रीमती २१ वर्षीष्या खुसी कुमारी पाण्डे (खुट्टामा चोट), धनुषाको जनकपुर उपमहानगरपालिका–१३ बस्ने भिमा ठाकुर (दुवैखुट्टामा चोट) र महोत्तरी बगाह नगरपालिका–१ का ६१ वर्षको दिनेश चौधरी (ढाड र पेटमा चोट) रहेको मकवानपुर प्रहरीले जनाएको छ। उनीहरुको अवस्था समान्य रहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए।

यस्तै, धनुषा जनकपुर–९ बस्ने वर्ष ६० को सरोज झा (टाउकोमा चोट), सोही स्थानको ९ वर्षकी समृद्धि झा (टाउकोमा चोट), ४२ वर्षका किरण झा (टाउकोमा चोट), ४७ वर्षका संजिव झा, १८ वर्षका अनुप झा, सोही स्थानका २८ वर्षका राजु साह (टाउको र हातमा चोट) र वर्ष २५ की रुद्रानि राज (बायाँ हातमा चोट) को अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै भारतको सितामणी.पिपराथान बस्ने वर्ष ५५ को बेचन महत्तो (घाँटिमा चोट) धनुषा लक्ष्मिमिहा गाउँपालिका–१ बस्ने वर्ष ३४ को सुन्दर साह (टाउकोमा चोट), उनको छोरा वर्ष ५ को बिराज साह (हातमा चोट), सोही स्थानका १२ वर्षका राज साह (हातमा चोट), १४ वर्षको काजल साह (हातमा चोट) रहेको प्रहरीले जनाएको छ भने जनकपुर–१३ बस्ने वर्ष २७ को रामभरोस साह (टाउको ढाडमा चोट) धनुषाको बटेश्वर गाउँपालिका–३ बस्ने वर्ष ३७ को रामकृष्ण सिंह (गोडामा चोट), सोही स्थानका ५ वर्षको प्रतिक सिंह, १० वर्षकी कृति सिंह, २९ वर्षका सुजित कुमार महत्तो रहेको प्रहरीले जनाएको छ।

यस्तै, धनुषा नकराईन गाउँपालिका–६ बस्ने वर्ष २३ को रमेश कुमार ठाकुर (बायाँ हातमा चोट) मिथिला नगरपालिका–६ बस्ने वर्ष २१ को मनोज महत्तो (टाउकोमा चोट), धनुषा घर भई हाल काठमाण्डौ बस्ने वर्ष २४ की रमा के.सी (टाउकोमा चोट) र धनुषा बटेश्वर नगरपालिका–३ बस्ने वर्ष ३३ की ईन्दिरा कुमारी महत्तो (छाती र ढाडमा चोट) घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए। उनीहरुको हाल भरतपुरस्थित पूरानो मेडिकल कलेजमा उपचार भैरहेको उनले बताए।

यस्तै धनुषाको औराही गाउँपालिका–१ बस्ने वर्ष ३५ को रोशन कुमार यादब (टाउको र घाँटीमा चोट), भारत प्रदेश बिहार मध्यवानि बस्ने वर्ष ४९ को श्याम कुमार ठाकुर (खुट्टामा चोट) र भारत बिहार प्रदेश दभंगा बस्ने वर्ष ४४ को प्रमोद कुमार शर्मा (दायाँ कानमा चोट) घाइते भएका छन्। उनीहरुको मनहरीस्थित मनहरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

यस्तै, उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बस्ने २० वर्षकी रन्जना मगर (हातमा चोट),.काठमाडौं महानगरपालिका–३१ बस्ने ६० वर्षकी बिना देबी (टाउकोमा चोट), सोही स्थानको २२ वर्षका सोनम साह, ३४ वर्षका अनुपम साह जैसवाल रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुमध्ये यी ४ जनाको हेटौंडा अस्पतालमा उपचार पश्चात् डिस्चार्ज गरेर गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ। बसका चालक महोतरी पिपरा गाउँपालिका–२ बस्ने अन्दाजी ३७ वर्षको जय किशोर कापर भने सकुशल रहेको प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए। उनका अनुसार चालक कापरीलाई प्रहरीले निणन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।nkhabar