मन्त्रालय भागवण्डाको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठकको समय टुंगो लागिनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले पनि बैठक बस्ने तय भए पनि समय यकिन नभएको बताए। एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णयपछि मात्रै बैठक बस्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निवासमा पुगेर भेटी गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। ​नेपालले पनि सकारात्मक प्रतिक्रया दिएका थिए।