सरकारले नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख बनाउने निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

वर्तमान केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक( एआईजी) किरण बज्राचार्यलाई सरुवा गरेको छ। बजा्रचार्यलाई कार्य विभाग प्रमुखमा सरुवा गरेको हो। सुन तस्करी प्रकरणलाई लिएर विवादमा जोडिएपछि वर्तमान सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागमा सरुवा गरिएको छ।तर नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वज्राचार्यलाई कुनै कारबाहीका लागि नभई सरुवा मात्रै गरिएको बताइन्।