भक्तपुरमा महिला सशस्त्र प्रहरी मृत अवस्थामा भेटिएकी छिन् । सशस्त्र प्रहरीकी बक्सिङ खेलाडी नीता गोसाईलाई मंगलबार आफ्नै घरमा आत्महत्या गरेकाे पाइएकाे हाे ।

गोसाईलाई मंगलबार बेलुकी ८ बजे घरको छतको जस्ताको डन्डीमा पासो लगाएर आत्महत्या गरेकाे अवस्थामा  भेटिएकाे थियाे । उनलाई झुन्डिएको देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

गोसाई सशस्त्र प्रहरी बल(एपीएफ)क्लबबाट घरेलु प्रतियोगिताहरु खेल्ने गरेकी थिइन्। २७ वर्षकी गोसाईको यहिँ फागुन २ गते विवाह हुने पक्का भएकाे थियाे।भक्तपुर प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गोसाईले आत्महत्या गरेकाे देखिएको छ। यसैगरी, एक युवकले पहिलेका सम्बन्धकाे कुरा निकाल्दै यातना दिएका कारण गोसाईले आत्महत्या गरेकाे भन्दै मृतकका परिवारले ती युवकविरुद्ध  दुरुत्साहनको जाहेरी दिएका थिए। जसका आधारमा प्रहरीले ती युवकलाई पक्राउ गरेको छ।

६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी गोसाईले नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जितेकी थिइन्।