मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै छोरा निराजनले दिएको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चमा सुनुवाइ जारी रहेको छ।

न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा निवेदनको सुनुवाइ भइरहेको हो।

यसअघि सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएकोमा मंगलबार प्रसाईंलाई प्रहरीले सर्वोच्चमा उपस्थित गराएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत प्रचार गरेको भन्दै विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा प्रहरीले मंसिर ४ मा प्रसाईंलाई पक्राउ गरेको थियो। पक्राउ परेकापछि प्रक्राउ परेका थिए।