मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बू निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पाँच सयभन्दा कम मतले हराएका हुन्।पछिल्लो मत परिणामअनुसार डिगबहादुरले २७ हजार २ सय ९७ मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी एमालेका खतिवडाले २६ हजार ८ सय ६७ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ४ सय ३० छ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ तेस्रो स्थानमा छन्। उनले ८ हजार ६३ मत पाएका छन्।
संविधानसभा र प्रतिनिधि सभा गरी तेस्रोपटक आमन्ने सामने भएका लिम्बू र खतिवडा दुबैजना उत्तरी मोरङको लेटाङ निवासी हुनुहुन्छ । मतगणना सुरु भए देखि एमाले उमेदवार खतिवडाले अग्रता कायम राखे पनि अन्तिम दिन आज बिहानदेखि लिम्बू झिनो मतले अघि लाग्नु भएको थियो । मोरङ १ मा १४ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।