कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्यसूची अनुसार आज  तरकारीको भाउ सामान्य घटबढ देखि स्थिर छ।

तरकारीहरू मटरकोशा ११० देखि १२० रूपैयाँ प्रतिकिलो छ। त्यस्तै काउली ४० देखि ५० रूपैयाँ प्रतिकिलो छ। घिउ सिमि ५० देखि ६० रूपैयाँ, राजमा ११० देखि १२० रूपैयाँ प्रतिकिलो, तितो करेला ११० देखि १२० रूपैयाँ प्रतिकिलो छ।

सागको भाउ आज स्थिर छ। रायोको साग ४० देखि ५० रूपैयाँ प्रतिकिलो, तोरीको साग ४० देखि ५० रूपैयाँ, पालुगो, मेथी र चमसुरको साग ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।डल्ले च्याउ ३५० देखि ४०० रूपैयाँ प्रतिकिलो र कन्य च्याउ म १४० देखि १६० रूपैयाँ प्रतिकिलो । आज कुरीलोको भाउ किलोको १ हजार ८ सयदेखि २ हाजरसम्म तोकिएको छ।

यस्तो छ आज फलफूल र तरकारीको भाउ