यतिबेला (बिहीबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका केही स्थानसँगै बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ।
राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा राति पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।