हेटौँडामा नवनिर्मित देशकै ठूलो विद्युत् सबस्टेसनको औपचारिक उद्घाटन आज (शुक्रबार) गरिने भएको छ।

यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शुक्रबार) हेटौँडा आउँदै छन्।

हेटौँडा उपमहानगरपालिका-११, स्थित थानाभर्‍याङमा निर्मित नेपाल विद्युत् प्राधिकरणको हेटौँडा सबस्टेसन चार्जसमेत भइसकेको छ।

हेटौँडा ४००/२२०/१३२/११ केभी सबस्टेसन बनेपछि पूर्व इनरुवादेखि पश्चिम नवलपरासीसम्म विद्युत् वितरण प्रणालीमा गुणस्तर र सुधार आउने अपेक्षा गरिएको छ।

सबस्टेसनबाट हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी र हेटौँडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारण लाइन जोडिने छ।

सबस्टेसनसँगै यसमा जोडिएको प्रसारण लाइन र वितरण लाइनले विद्युत्‌को स्थानीय वितरणदेखि भारत निर्यातसम्ममा स्तरोन्नति गर्ने जनाइएको छ।