सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राम डाउन भएका छन् । मङ्गलबार साँझ विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म डाउन भएका हुन् । मेटाका यी तीनवटै सामाजिक सञ्जाल प्लाटफर्म चल्न नसकेका कारण लाखौँ प्रयोगकर्ताले पहुँच गुमाएका छन्।

विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए । विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो । अहिले भने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएको भन्दै गुनासो गरेका छन् ।

टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि त्यस्तो कोड इनकरेक्ट देखाइरहेको छ ,कतिपयले भने अकाउन्ट लगइन गर्नै समस्या रहेको गुनासो गरेका छन् । डाउन डिटेक्टर ले पनि फेसबुक डाउन भइरहेको उल्लेख गरेको छ । फेसबुक मात्र नभई इन्स्टाग्राम अकाउन्टमा पनि यस्तो समस्या देखिएको छ ।

2a.सक्षम (अनलाईनका लागि)(1230x120)

मेटा कम्पनीको आन्तरिक सर्भरमा समस्या आएकाले यी सामाजिक सञ्जाल सञ्चालनमा अवरोध पुगेको डेलीमेलले लेखेको छ।