चितवनको रत्ननगर नगरपलिका–१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु प्रकरणमा अनुसन्धानलाई प्रभाव पार्नेगरी कुनै विषयवस्तु सम्प्रेषण नगर्न प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनले एक् प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धान जारी नै रहेको अवस्थामा  विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषित विषयवस्तुमा ध्यानाकर्षण समेत गरेको छ।

‘प्रस्तुत घटनाको तथ्य परक वस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा यसै घटनालाई लिई बिभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा सम्प्रेषित विषयवस्तु प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानका बैज्ञानिक परीक्षण प्रतिवेदनहरु हाल सम्म प्राप्त नभएको अवस्थामा अनुसन्धान प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तुहरु संप्रेषण नगरी दिन हुन अनुरोध गरिएको छ।’

बैज्ञानिक प्रयोग तथा प्राबिधिक विश्लेषण समेतको आधारमा तथ्य परक बस्तुनिष्ठ अनुसन्धान गरिने कुरामा पीडित परिवारमा प्रहरीले विश्वास विश्वास राख्न आग्रह गरेको छ।