चितवनका किसानहरुले सडकमा नै दुध पोखेका छन् । किसानहरू सरकारले दुधको भुक्तानी नदिएको भन्दै आन्दोलनमा गरेका हुन् ।

चितवन दुग्ध उत्पादक सहकारी संघका अनुसार किसानहरू दुधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको विरोधमा आन्दोलनमा उत्रिएका हुन् ।

किसानहरुले २ वटा माग राखेर आन्दोलनमा गरिरहेका छन् ।आफूहरुले उत्पादन गरेको दुधको बिक्री गर्ने व्यवस्था र भुक्तानी पाउनुपर्ने माग राखेका छन् । चितवनमा पाँच दिनदेखि दुध बिक्री गरिएकाे छैन।

यी किसानहरुले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी पाएका छैनन् ।  चितवनवाट दैनिक १ लाख ५१ हजार लिटर दुध बिक्री हुँदै आएको छ ।

किसानको समस्याकाे समाधानको लागि किसानहरुले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

दुध बिक्री नभएर फाल्नुपर्ने अवस्था आएको भन्दै किसानहरूले नचाहेर पनि सडकमा दुध पोख्न बाध्य भएको बताएका छन् । यसकासाथै उनीहरूले सरकारले आन्दोलनलाई वेवास्ता गरेमा आन्दोलनलाई थप ससक्त रुपमा लग्ने पनि चेतावनी दिएका छन्।