सत्ता साझेदार दलबीच नयाँ सहमति भएको छ । फागुन २१ गते भएको आठबुँदे सहमतिलाई परिमार्जन गर्दै सातबुँदे बनाइएको छ ।

फागुन २१ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आठबुँदे सहमति भएको थियो ।

मंगलबार संशोधित सहमतिपत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गरेका छन् ।

नयाँ सहमतिमा पहिले भएको सातौँ बुँदा हटाइएको छ । चार दलबीच भएको सहमतिको सातौँ बुँदामा भनिएको थियो, “यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने ।” सात बुँदे सहमतिमा अरू पुरानै बुँदा छन् ।

 पाँच राजनीतिक दलबीच भएको सहमति