सप्तरी निर्वाचन क्षेत्र–१ बाट जनता समाजवादी पार्टीका उम्मेदवार नवलकिशोर साह सुडी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जनमत पानर्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
साहले २३ हजार ५६४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत मात्र ल्याए । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३१२ मत ल्याए ।